ललितपुर । फुलसर्कलले आयोजना गरेको संयुक्त पप–अप कर्निभल शनिबार सम्पन्न भएको छ । एकदिने यो कर्निभलले ललितपुरको सडकलाई उत्सवमय रङ्गभूमिमा परिवर्तन गर्नुका साथै सो अवसरमा १,५०० भन्दा बढी दर्शकहरुको सहभागिता रहेको जनाइएको छ ।
सहभागीहरूले यसलाई सामान्य पप–अप मार्केटभन्दा धेरै फरक र सांस्कृतिक महोत्सवजस्तै अनुभूति दिलाएको बताएका छन् ।२५ भन्दा बढी स्टलहरूमा हस्तकलादेखि फेसन, खाना, वेलनेस, लाइफस्टाइल उत्पादनहरू प्रस्तुत गरिएको थियो । साथै, गेमिङ जोन र ब्रान्ड एक्टिभेसनले कर्निभललाई अझै आकर्षक बनाएको थियो । सहभागीहरूले किनमेल मात्र नभई प्रतियोगितामा प्रतिस्पर्धा गर्ने, फरक–फरक उत्पादनहरू अन्वेषण गर्ने र ब्रान्डहरूसँग नयाँ ढङ्गले जोडिन पाएको अनुभव बाँडे ।
सो क्रममा इनफिनिक्स स्मार्टफोनले मोबाइल लिजेन्ड्स बैङ बैङ गेमिङ प्रतियोगिता पनि गरेको थियो। जसमा विजेताले नयाँ HOT 60 Pro+ स्मार्टफोन जिते भने भने त्यहाँ उपस्थितहरूले विश्वकै पातलो फोनको कीर्तिमान राखेको HOT 60 Pro+ र गेमिङ केन्द्रित GT 30 Pro समेत हेर्ने अवसर पाए ।
यस्तै, सेन्टुरी स्पाइसेस एण्ड स्न्याक्सले आफ्ना मसला र स्न्याक उत्पादनसँगै इन्टरएक्टिभ गिफ्टहरू उपलब्ध गराएको थियो ।
अन्य ब्रान्डहरूले पनि आफ्नो उपस्थिति जमाए । हुवावेले प्रिमियम स्मार्टवाच प्रदर्शन गर्दै दशैं अफरअन्तर्गत प्रत्येक खरिदमा नि:शुल्क इयरबड वितरण गर्यो भने तक्षशिला एजुकेशन कन्सल्टेन्ट्सले विद्यार्थीहरूलाई मिनी–गेममार्फत आकर्षित गर्दै नि:शुल्क IELTS र PTE कक्षा भाउचर प्रदान गर्यो ।
सीजी नुडल्सले आफ्ना लोकप्रिय नुडल प्याकहरू वितरण गरेको थियो ।
स्थानीय उद्यम र अन्तर्राष्ट्रिय ब्रान्डलाई एउटै मंचमा ल्याएर फुलसर्कलले नेपालमा सांस्कृतिक तथा व्यावसायिक कार्यक्रमको नयाँ स्तर स्थापित गरेको सहभागीहरूले बताएका छन् ।