यामप्रसाद बोहरा, हापुरे, जेष्ठ २८
डिप्रोक्स लघुवित्त वित्तीय संस्था पुरन्धारा शाखा अन्र्तगत आज एक छात्र पुस्कृत भएका छन । संस्थाको २२ औ स्थापना दिवसको अवसरमा एस.ई.ई मा उत्कृष्ट अंक ल्याउने कोर्वाङका प्रविन प्रकाश खडकालाई आज पुरस्कृत गरिएको हो । 
शान्तिनगर–६ कोर्वाङ्मा सञ्चालीत केन्द्र नं.०७७ की सदस्य सम्झना खडकाको छोरा प्रविन प्रकाश खडकालाई आज एक कार्यक्रमका विच सम्मान तथा पुरस्कृत गरिएको हो । कार्यक्रममा पुरन्धारा शाखाका शाखा प्रमुख भरत तिमिल्सनाले रु २ हजार १ रुपैया सहित प्रशंसा पत्रले पुरस्कृत गर्नुभएको थियो । 
सेवा थालनीको २२ औ वर्षको यात्रा गरिरहेको यस संस्थाले वित्तीय सेवा उपभोग गरिरहेका सदस्यका छोरा÷छोरीहरु मध्ये प्रत्येक वर्ष उत्कृष्ट अंक ल्याउनेलाई पुरस्कृत गरिने गरिएको शाखा प्रमुख तिमिल्सनाले बताउनुभएको थियो । 
सूर्यज्योती लाईफ इन्स्योरेन्स तुलसीपुरका एजेन्सी म्यानेजर हिमाल बुढाथोकी समेत उपिस्थत हुनु भएको उक्त कार्यक्रममा संस्थाले ग्राहक संरक्षण कोष अन्र्तगत  रु ५ हजार रुपैया सुत्केरी स्हायार भत्ता, एक किस्ता बरावरको रकम काजक्रियामा सहयोग, र प्राकृतिक विपत्तीको वेला सदस्यलाई रु २ हजार पाँँच सय रुपैया राहत उपलव्ध गराउँदै आईरहेकोे समेत प्रमुख तिमिल्सनाले जानकारी दिनुभयो ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here