हापुरे, साउन १०, यामप्रसाद बोहरा
ववई–२ वगाले कालामाटाकी कल्पना दर्लामीले सबैमा आर्थिक सहयोगको अपिल गर्नुभएको छ । न्यूरो समस्याले पिडित पति कुलबहादुर दर्लामीको उपचारका लागि सबैमा अपिल गर्नुभएको हो । विगत २२ महिना अघिदेखी उपचाररत पति दर्लामीलाई औषधी उपचार गराउँदा ५० लाख रुपैया सिधीसकेको र एक महिना उपचारमा ६०–७० हजार लाग्ने गरेको कल्पना बताउनुहुन्छ । डाक्टरका अनुसार दर्लामीको दायाँ मष्तिस्कमा रगत जाम भएको र वायाँ मष्तिस्कमा पानी जम्मा भएकोले पतिलाई नेपालगञ्ज तथा लखनउमा उपचार गराउँदै आएको पत्नी कल्पनाले भन्नुभयो ।
उपचार गराउँदा घरको आर्थिक अवस्था निकै कमजोर हुँदै गएकोले उपचार गराउन गाह््रो भएको हुँदा सबैमा आर्थिक सहयोगको अपिल गर्दछु कल्पना भन्नुहुन्छ । न्यूरो समस्याले पिडित दर्लामीको उपचारका लागि सहयोग गर्न कुमारी बैँकको खाता नं. १५२०२७०३८८९००००१ मा रकम जम्मा गरि सहयोग गर्न पनि सवैमा अपिल गर्नुभएको छ ।