पश्चिम दाङको हापुरेमा यही मंसिरमा राष्ट्रियस्तरका कलाकार आउन लाग्नुभएको छ । के आई ए मिडिया हाउस प्रा.ली.ले सञ्चालन गरेको दाङ डान्स च्यामपियनको फाईनल कार्यक्रममा निर्णायकका लागि हापुरेमा आउन लाग्नुभएको च्यामपियनका प्रवन्ध निर्देशक अर्जुन परियारले बताउनुभयो । मंसिर १३ गतेदेखी सञ्चालन हुन लागेको उक्त कार्यक्रममा मंसिर १४ गायक शक्ति चन्द, हत्तेरिका साइली रिमै म त ढले–ढले गितका गायिका शान्तारानी परियार, गायिका सिमरन परियार आउने हुनुभएको छ । भने मंसिर १५ गते नायक पल शाह आउन लाग्नु भएको छ । २०८१ साल भाद्र महिनादेखी शुरु भएको च्यामपियन कार्यक्रममा प्रथम विजेताले रु ७७ हजार ७ सय सत्हत्तर रुपैया सहित प्रमाणपत्र पाउनुहुनेछ । भने द्धितिय विजेताले ५५ हजार ५ सय पच्पन्न रुपैया र तृतिय विजेताले ३३ हजार ३ सय तेत्तीस रुपैया सहित प्रमाणपत्र प्राप्त गर्ने बताइएको छ । साथै चौथो र पाचौँ हुनेले ११ हजार १ सय एघार रुपैया सहित प्रमाणपत्र प्राप्त गर्ने निर्देशक परियारले बताउनुभएको छ । कार्यक्रममा छनौट भएका ५ जनाले अन्तिम प्रतिस्पर्धाका लागि प्रतिस्पर्धा गर्न लागेको कार्यक्रममा स्थानियस्तर देखी राष्ट्रियस्तरका कलाकारहरुको बेजोड प्रस्तुती रहने बताइएको छ ।