यामप्रसाद बोहरा

खाना नखाएको तीन दिन भयो क्यारे । विरामी २० कोे १९ भएको छैन । मुखमा अन्नको जाउलो च्याप्प पार्ने होइन । ज्वरो, तातो भुङग्रो जस्तो छ । म पनि ननिदाँएको तीन दिन भयो माईली ? अाँखामा निद्रा पटक्कै आउदैन ।  

त्यही त आमा, समय पनि अहिले त कस्तो छ भन्या । जताततै यो कोरोना लागेर विरामीले हस्पिटल भरिएको छ भन्छन । कति मान्छे मरेका छन रे, कति त कोरेङ्टयाङमा छन रे । हे भगवान लगालग ९ दिनको ज्वरोसँगै विरवहादुर वुवा परमधाम पुगे । परिवारले एक अभिभावक गुमायो । छोराछोरीहरुका लागि वुवाको साईनो सिध्धीयो । अनि एउटा रथको २ पाङग्रा मध्ये १ भाच्चियोे । चाउरी परेका गाला अनि सेतै फुलेको केश अनि कसले पाल्ने होला यी आमालाई ? सबैको चिन्ता यही थियो ।  

के गर्ने आमा भैगो चिन्ता नलिनुहोस, सबै जाने त्यही हो । जन्मे पछि मर्नै पर्छ । कोहीको ढिलो, कोहीको चाँडो, यही त हो फरक । भैगो मनलाई भुलाउनुहोस । छोराछोरी,नातिनातीना, आफन्तहरुलाई हेरेर, मलामीहरुले सम्झाएका थिए आमालाई । 
अव त त्यही सम्झना त वाँकी रहयो । साथ दिन्छु भनेको मान्छेले छोडेर गइहाले कहिल्यै नफर्किने गरेर, कहिल्यै नवोल्ने गरेर कहिल्यै नआउने गरेर…….
                                   कुइरोले वन ढाक्यो ढपक्कै
                                   तिम्रो मायाँ मनभरि छपक्कै, 
माईला दाईको क्या मिठो वाँसुरीको धुन अनि घिन्ताङ, घिन्ताङ मादलुको धुन, त्यसमाथी विरवहादुर र उहाँको पत्नीको दोहोरी 
                                                 माया छ भनि गर्छौ भो हत्ते
                                              आउन त भन्यौ कहिले कति गते,
यसैको जवाफमा विरबहादुरको 
                                         तिमीलाई मायाँ जिवनभर गर्न पाउँ
                                        माया छ भने सिमलबुटा भेट्न आउँ
दोहोरीपछि भेटन जाने कुराले साह्रै मनमा डर लागेको थियो । मनमा माया भएपनि डर पनि लाग्दो रहेछ । फेरि केटा मान्छे कस्ता हुन्छन..त्यसैगरी विहेको जग्गेमा सात फेरा घुम्दै सँँगै मर्ने बाँच्ने कसम खाएको ति तस्विरहरु ओहोरदोहोर गरिरहेका थिए । मानौ व्यस्त राजमार्गमा गाडीहरु ओहोरदोहोर गरे जस्तै, क्यामेराले एक सेकेण्ड पनि नरोकीन फोटो खिचे जस्तै, ति आमाको मन भरि सम्झनाहरुले …….
विहानै पारिलो घाम लागेको थियो । हिजो वेलुका ६ वजे यात्रामा हिडेका हामी । करिव १२–१३ घण्टा भइसकेको थियो । गते फेरिए पनि यात्रा सकिएको थिएन हाम्रो । यस्तो शहर यस्ता घरहरु यस्तो वजार कहिल्यै नआएको म तिर्थ गरायो छोराले, छोरा हुनु त मेरो जस्तो मनभरी खुशीले आछुआछु बनाएको थियो ।

अरु त के सोच्न सक्छे एउटी आमाले आफनो सन्तानप्रती तर यो सबै गलत रहेछ, उसको सोचाई गलत रहेछ । आमा तपाई यही बस्नुस । म तपाईका लागी खाना लिएर आउँछु भनेर हिडेको छोरा अहह तिन दिन भयो आएन रात फर्केर आयो दिन फर्केर आयो, तर छोरा आएन । भोक र प्यासले कुरिरहेका थिए । तर असफल भए भोक प्यासहरु । सफल पनि कसरी हुन सक्छ , कामकुरो एकातिर कुम्लो बोकी ठिमितिर भएपछि 
जेठ– अषाढ को महिना साँझ पखको समय थियो । राम र उसकि पत्नी आफना सन्तानका भविष्यका योजनाहरु बुनिरहेका थिए । अाँकाशमा धोवि किराहरु घुमिरहेका थिए । दिउँसोमा गर्मि भएपनि साझँपख भने शितल थियो, मौसम । आफनो घरदेखी तलबाट विदेश बाट आए जस्तो देखीने एक पुरुष र बृद्ध महिला लाई उसकी पत्नीले देख्छे । “को विदेशी मान्छे हुन क्या” ? महिला पनि छन त ? फेरी उतैतिर नजर डुलाउदै हि ज्यै नी तिनी हाम्री घरकि वडडी हैनीन र ? सधैभरी उतै बस्ने ठाउँमा राखेर आउनुहोला भनेको, हैन तपाईले कहाँ छोडेर आउनुभा हो ? 

केही समयपछि ति महिला र पुरुष उनीहरुको घर नजिकै आउँछन । आमाले घर आईपुग्ना साथ आलापविलाप गर्छिन । केहीसमय पछि छरछिमेक वरिपरीका  मान्छेहरु जम्मा हुन्छन । त्यही समयमा नितिनियमका कुरा सिकाउने पुजापाठ काम गर्ने एकजना पण्डित पनी त्यही ठाउँमा आईपुग्छन । 

(सबै कुरा सुनेपछि) यस्तो पनी गर्नुहुन्छ रामबहादुर तिमीले, हेर तिमीलाई सानोमा तिमीलाई हुर्काउन बढाउन अनि पढाउन लाई कति मेहनत गर्नुभयो होला ? तिमीले यो कुरा कहिले ख्याल गरेका छौ । आफूले नखाएर सन्तानलाई खुवाउने दुख कष्टमा सन्तानको लागि आफनो ज्यान दिने यी आमालाई यस्तो अपमान गर्ने ? अलिकति पनि इज्जतको ख्याल गरेनौ है । निस्वार्थ रुपमा मायाँ दिने यो संसारमा आमा बाहेक अरु को छ ? मलाई जवाफ दिन सक्छौ ? 

हेर रामबहादुर वावु आमा भनेका त जिउँदा देवता हुन, यी वावुआमाले तिम्रा लागि सन्तानका लागि के सम्म गर्नुभएन होला । हामीले त बृद्ध अवस्थामा उहाँलाई सेवा पो गर्ने हो त । हामीले उहाँलाई माया पो दिने हो त ।  उहाँहरु असक्त भएको बेला हामीले उहाँहरुको हेरविचार नगरे अरु कसले गर्छ ।

यस्तो सेवा गर्नु यो त हाम्रो कर्तव्य हो । समाजले अरु व्यक्तिले राम्रो गरेका छन छैनन त्यस कुरालाई ख्याल गर्ने हैन । मैले के गर्नुपर्छ, मेरो कर्तव्य के हो ? यो कुरालाई राम्रोसँग विचार गर्नुपर्छ । 

पण्डित जी को सबै कुरासुनेपछि अरु छिमेकीले पनि उनको कुरामा समर्थन गर्छन । अनि रामबहादुर पनि आफनो आमालाई अगाँलोमा घोप्टो पर्दै रुन्छ । सँगै बसेकी उसकि पत्नीले आफूले पनि गल्ती गरेको महशुस गर्दै भै गो आमा नरुनुहोस । अव हामीले तपाईलाई मायाँ, अनि हेरविचार गर्दै तपाईसँग बस्छम । 

हामी छौ तपाईको लागि… हामीलाई यति कुराको जानकारी दिइकन हाम्रो अाँखा उघारिदिनुभएकोमातपाईलाई धेरै भन्दा धेरै धन्यवाद है पण्डित जी ।  हैन केही छैन मैले जानेका कुरा भन्नु सिकाउँनु मेरो पनि जिम्मेवारी हो नी भन्छन पण्डितले । अनि सबै जना आफनो आफनो घरतिर लाग्छन ।  धन्यवाद 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here