जेष्ठ २९, लिवाङ रोल्पा

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिवाङ रोल्पाले आज लुङग्री गाउँपालिकामा वित्तीय साक्षरता तथा केन्द्र उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको छ । रोल्पा जिल्ला अन्र्तगत विभीन्न स्थानीय तहमा कार्यक्रम गर्दै आएकोे शाखाले आज लुङग्री गा.पा.२,सिर्पमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

केन्द्र नं. ०४० कि केन्द्र प्रमुख आशा कुमारी खडकाको अध्यक्षतामा समपन्न भएको कार्यक्रममा लिवाङ शाखा प्रमुख पूर्णप्रसाद पान्डेले बचत भनेको के हो ? वचत किन गर्ने ? कहाँ गर्ने ? कसरीे गर्ने ? कर्जा भनेको के हो ? सावाँ भनेको के हो ? व्याज भनेको के हो ? योजना निर्माण कसरी गर्ने ? कर्जा सदुपयोगीता किन गर्ने ? लगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो । 

शाखाका कर्मचारी वसन्त के.सी. को स्वागत मन्तव्यबाट शुरु भएको उक्त कार्यक्रमको सहजीकरण कर्मचारी यामप्रसाद बोहराले गर्नुभएको थियो ।  केन्द्र नं. ०४० ,०४१, ०४२, ०४३, ०४४, र १२२ का ८३ जना सदस्यहरुको सहभागीता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here